काठमाडौं । नेपालमा थप एक जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको हो ।
अस्पतालले दिएको जानकारीका अनुसार गए राति ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको बताइएको छ।
मृतक असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
कोरोना भाइरस पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भई रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया