काठमाडौं । टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि एक अर्ब ५८ करोड ४१ लख ७७ हजार रुपैयाँको बजेट प्रश्तुत गरेको छ ।
काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले बुधवारको सातौँ नगरसभामा आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेको हो ।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले प्रश्तुत गरेको बजेटमा पूँजीगततर्फ एक अर्ब ४४ करोड रुपैयाँ र कार्यालय सञ्चालनको लागि १४ करोड १५ लाख रुपैयाँ रहेको छ ।
नगरपालिकाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । टोखाले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको हो ।
टोखाले प्रश्तुत गरेको बजेटमा स्वास्थ्यका लागि तीन करोड रुपैयाँ, शिक्षाका लागि एक करोड ६० लाख रुपैयाँ, कृषिलाई ५० लाख रुपैयाँ, महिला विकासका लागि ३० लाख रुपैयाँ, पशुसेवाका लागि ३० लाख रुपैयाँ, सहकारीका लागि ३० लाख रुपैयाँरहेको छ ।
यस्तै, टोखाले चालु नगरका विकासका आयोजनाका लागि दुई करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । बुधवारको नगरसभामा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गरेका थिए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया