कोरोना संक्रमणका हिसावले नेपाल विश्वको ६५ औं स्थानमा

कोरोनाभाइरस संक्रमणका हिसावले नेपाल विश्वको ६५ औं स्थानमा रहेको छ । हालसम्म नेपालमा १०हजार ७२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने आजमात्रै ६२९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै नेपालमा २४ जनाको मृत्यु हुँदा संक्रमण मुक्त हुनेको संख्या २ हजार ३३८ रहेको छ ।
कोरोनाभाइरसबाट बुधबार अबेरसम्म मृत्यु हुनेको संख्या विश्वभर ४ लाख ८२ हजार नजिक पुगेको छ।
वर्ल्डोमिटर्सका अनुसार ४ लाख ८१ हजार ६१६ जनाको मृत्यु भइसकेको हो । यस्तै संक्रमितको संख्या ९४ लाख २९ हजार नाघेको छ ।
यसैगरी हालसम्म निको हुनेको संख्या ५० लाख ९३ हजार रहेको पनि समाचारमा जनाइएको छ ।
हाल संक्रमितमध्ये झण्डै ५८ हजार जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । हालसम्म कोरोनाबाट सबै भन्दा बढी मानविय क्षति अमेरिकामा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?