काठमाडौं । मेक्सिकोमा मंगलवार ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । यूएस जियालोजिकल सर्वेका अनुसार भूकम्पको तीव्रता धेरै रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पका कारण अहिलेसम्म १ जनाको मृत्यु भएको बताइएको छ ।

मेक्सिकोको वाहाकामा गएको भूकम्प पृथ्वीबाट २६.३ किमी गहिराईमा गएको थियो । भूकम्प गएपछि मानिसहरु घरबाहिर भागाभाग गरिरहेको तस्वीरबाट देख्न सकिन्छ ।
भूकम्प ठूलो गएकोले सुनामी आउने भन्दै सरकारले हाई अलर्ट जारी गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया