कोरोनाको प्रकोप : अमेरिकामा मंगलवार दुई मे यताकै धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ७९ हजार ८७९ जनाको मृत्यु भईसकेको छ भने ९३ लाख ५९ हजार २७८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५० लाख ४६ हजार २६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्व्मा ५८ हजार १३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख २३ हजार ४७५ जनाको मृत्यु भईसकेको छ भने २४ लाख २४ हजार ४१८ जनालाई संक्रमण भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भईसकेको छ भने २५० जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा १० लाख २० हजार ४०३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३१ हजार ३१४ जनाको मृत्यु भईसकेको छ भने ४ लाख १२ हजार ६३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ५ हजार ६३५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९० हजार ८४८ जनालाई संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ जनाको मृत्यु भएको हो भने २५० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १३ हजार ८१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७२ हजार ९६० जनालाई संक्रमण भएको छ ।

अमेरिकामा मंगलवार ३६ हजार १५ जना नयाँ संक्रमित थपिएका छन् ।

जो मे दुई तारिख यताकै एकैदिनमा थपिएका सबैभन्दा धेरै संक्रमितको संख्या हो । त्यस्तै मंगलवार नै अमेरिकामा ८६३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?