काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख ७९ हजार ८१६ जनाको मृत्यु भईसकेको छ भने ९३ लाख ५४ हजार ८६० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५० लाख ४१ हजार ८२३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ९०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १४ हजार ४८३ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ५६ हजार ११५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ५८ हजार ५७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा मंगलवार मात्रै १५ हजार ६६५ जना संक्रमित थपिएका छन् भने ४६८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया