स्थायी समिति बैठकको एजेण्डा तय गर्न ओली-प्रचण्ड असफल

काठमाडौं । स्थायी समितिको साझा एजेण्डा तय गर्नका लागि भएको नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भएको बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा साझा एजेण्डा बनाउने विषयमा सहमति बन्न नसकेको हो ।

कुनै एजेन्डा बन्न नसके पछि बुधबार बिहान बैठक पुनः बस्ने भएको छ । एजेण्डा तय भएपछि सचिवालय बैठकले अनुमोदन गर्ने र स्थायी समितिमा पेश गर्ने बताइएको छ ।
नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्दैछ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने गरी बैठक बोलाइएको छ । तर एजेण्डाबारे सहमति बन्न नसक्दा बैठक समय पर धकेलिन सक्ने पनि बताइएको छ ।

स्थायी कमिटी सदस्य वेदुराम भुसालले बैठकका लागि कुनै कार्यसूची आफूहरुलाई नदिइए पनि सरकार र दलको कामको समीक्षा, आगामी दिनको कार्यभार र पार्टी एकताका बाँकी विषयमा छलफल हुने जानकारी दिए ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने छ । बैठक सरकारको कामको समीक्षा, मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी, बजेट र कोभिड–१९ का बारेमा केन्द्रीत हुने ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?