नुवाकोट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीमा जनतालाई उचित व्यवस्था गर्न माग गर्दै बेलकोटगढी नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
सोमवार १२ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिकामा हुने हरेक कार्यक्रम नागरिकमुखी र बिकासको बास्तविक अनुभूति हुनेगरी बजेट निर्माण गर्न बेलकोटगढी नगरपालिकासंग माग गरेको हो ।

विभिन्न विषयहरुमा नगरपालिकाको ध्यानाकर्षण गराउँदै बेलकोटगढी नगरपालिकाको मेयरका प्रत्यासी एवम् नुवाकोट क्षेत्र नं २ (क) का सभापति यादव नेपाल तथा नगर सभापति गोकुल प्रसाद दाहालले संयुक्त रुपमा मेयर राजेन्द्र रमण खनाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नगरभित्र व्यापक रुपमा भएको भ्रष्ट्राचार एवम् विकासका नाममा भएको प्राकृतिक स्रोत साधनको दोहनको अन्त्य गर्नुपर्ने माग कांग्रेसले राखेको छ ।

त्यस्तै नगरपालिकाभित्र बेथितीहरु बढ्दै गएको र नागरिकमा स्थानीय सरकारप्रतिको बिश्वास घट्दै गएकाले पार्टी भन्दा माथि उठेर नगर बिकासमा केन्द्रीत रहन आग्रह समेत गरिएको छ ।
नगरपालिकाभित्र धेरै युवाहरु भारत लगायत विभिन्न मुलकबाट आई १४ दिन भन्दा बढी समय क्वारेन्टाइनमा बस्दा पनि स्थानीय सरकारले पीसीआर परीक्षण गर्नमा ध्यान दिन सकेको छैन् । क्वारेन्टाइनमा बसेकोहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्नुपर्ने समेत माग कांग्रेसले गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया