काठमाडौं । भारत सरकारले बाबा रामदेवले कोरोना रोकथामको लागि भन्दै बजारमा ल्याएको औषधी ‘कोरोनिल’ माथि प्रतिबन्ध लगाएको छ ।
मंगलबार भारतको आयुष मन्त्रालयले पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको ‘कोरोनिल’ औषधीको प्रचार प्रसारमा रोक लगाएको जनाइएको छ ।
उक्त औषधिका विषयमा राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेकोले विज्ञापन गर्नु उचित नहुने जनाएको भन्दै प्रचारप्रसारमा रोक लगाइएको मन्त्रालयले जनाएको छ ।
कोरोना रोकथाममा उपयुक्त हुन्छ भन्दै बजारमा ल्याइएको उक्त औषधिको वैज्ञानिक आधार नरहेको समेत बताइएको छ ।
साथै मन्त्रालयले पतञ्जली आयुर्वेद लिमिटेडसँग उक्त औषधिको बारेमा सम्पूर्ण तथ्य तथा प्रमाणहरु पेश गर्न समेत निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया