काठमाडौं । जम्मु काश्मिरमा भएको गोलाबारीमा परी गुल्मीका एक युवाको मृत्यु भएको छ।
भारतीय सेनामा कार्यरत गुल्मी छत्रकोट गाउँपालिका वडा नं. ५ खज्र्याङ घर भएका गोर्खा हवल्दार दीपक कार्कीको पाकिस्तानी सेनाले गरेको गोलाबारीमा परेर मृत्यु भएको भारतीयसेनाले उनका परिवारलाई जानकारी गराएको परिवारले बताएको छ ।
उनको सोमवार बिहान साँढे ५ बजे तिर पाकिस्तानी सेनाले गरेको गोलाबारीमा परी गम्भीर घाइते भएको र उपचारका क्रममा केहि घण्टा पछि नै उनको मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।
३८ वर्षिय कार्की १८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया