काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ७६ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २ हजार २ सय २४ जना घर फर्किएका छन् ।
कोरोना मुक्त हुनेमा गोठगाउँ आइसोलेसन झापाबाट १ पुरुष, सेती अञ्चल अस्पतालबाट झापाका १ महिला र ३ पुरुष गरी ४ जना मानिसहरु कोरोना जितेर घर फर्किएका छन् ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १ पुरुष, उदयपुरका १ महिला र ३ पुरुष, मोरङका १४ पुरुषहरु, रामेछाप अस्पतालबाट १३ पुरुषहरु, साइकृष्ण आइसोलेसन सेन्टरबाट सप्तरीका २ महिला र ३ पुरुषहरु, गण्डकी अस्पतालबाट पर्साका २ महिला र ९ पुरुषहरु कोरोना जितेर घर फर्किएका छन् ।
त्यस्तै कोभिड १९ कमाण्ड अस्पताल बलम्बुबाट नवलपरासीका १ महिला, बेनी अस्पतालबाट म्याग्दीका २ पुरुषहरु, धौलागिरी अस्पतालबाट बाग्लुङका ३ पुरुषहरु, स्याङजा अस्पतालबाट ३ पुरुषहरु, गोर्खा अस्पतालबाट ७ पुरुषहरु कोरोना जितेर घर फर्किएका छन् ।
त्यस्तै जिपि कोइराला अस्पतालबाट शुक्लागण्डकी तनहुँबाट २ पुरुषहरु, हयम्स अस्पतालबाट कास्कीका १ पुरुष, कालिका अस्पताल भीरकोटबाट स्याङजाका १ पुरुष, पाटन अस्पतालबाट लमजुङका १ पुरुष कोरोना जितेर घर फर्किएका छन् ।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्याङजाका १ महिला र कास्कीका ३ पुरुष गरी जम्मा ७६ जना रहेका छन् । जसमा ८ महिला र ६८ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै नेपालमा आज थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १० हजार ९९ सय पुगेको छ । हालसम्म २ हजार २ सय २४ जना कोरोना जितेर घर फर्किएका छन् । भने २३ जनाको कोरोनाको कारण ज्यान गएको छ । आज थप १ जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया