काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको कुल संख्या २४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेशनमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण आज मृत्यु भएको हो ।
क्षयरोगका बिरामी रहेका ती पुरुष क्षयरोगको औषधि सेवन गर्दै आएका थिए । उनलाई असार ४ गते कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएपछि आइसोलेशनमा राखेर उपचार गरिएको मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा आज (मंगलवार) एकैपटक ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २३ जनाको मृत्यु भईसकेको छ भने २ हजार २२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
आज मात्रै नेपालमा उपचार पछि निको भएर घर फर्किनेको संख्या ७६ रहेको छ ।
नेपालमा हिजो (सोमवार) एकैपटक ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया