बेसीशहर–चामे सडक पुनः सञ्चालन

काठमाडौं – अविरल वर्षाका कारण पहिरो गएका कारण अवरुद्ध बनेको बेसीशहर– चामे सडक पुनःसञ्चालन भएको छ ।

सोमबार बिहानदेखि विभिन्न स्थानमा पहिरोले अवरुद्ध सडक गए रातिदेखि चलेको हो ।बेसीशहरदेखि मनाङसम्मको ६५ किलोमिटरको सडक गत शनिबार विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको थियो ।

लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित च्याम्चे, रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा एक्साभेक्टरको माध्यमबाट पहिरो पन्छाई सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

पहिरोले सबैभन्दा धेरै च्याम्चे भन्ने स्थानमा करीब २० मिटर सडक अवरुद्ध भएको थियो । (Photo : File /सांकेतिक )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?