घट्यो सुनको भाउ

काठमाडौं । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा आज ४०० रुपैयाँले घटेको छ । सोमवार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएकोमा आज सोही परिमाणको पहेँलो धातुको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला तेजाबी सुनको मूल्य ९० हजार १६० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदी ९४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?