काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा जून १५ मा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।
भारतीय सञ्चारमाध्यमहरु र केहि अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भारतीय सैनिक मात्र नभएर चिनियाँ सैनिकको पनि मृत्यु भएको दाबी गर्दै आएपनि अहिलेसम्म चीन सरकारले आधिकारिक रुपमा आफ्ना सैनिकको मृत्यु भएको कुुनैपसिन अभिव्यक्ति दिएको थिएन । तर सोमवार भने उक्त झडपमा आफ्ना दुई चिनियाँ सैन्य अधिकारी मारिएको खुलासा गरेको छ।
चीनले मृत्यु हुने आफ्ना सैनिकमा एक कमान्डिङ अफिसर र बटालियनका अर्का अफिसर भएको स्वीकार गरेको हो।
टाइम्स अफ इण्डियामा प्रकाशित समाचारमा चिनियाँ पक्षले यस हताहतीका बारेमा घटना लगत्तै भारतीय पक्षलाई जानकारी दिएको भएपनि हालै मात्र समाचार सार्वजनिक भएको उल्लेख गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया