प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई (यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अघि बढाएको छ। नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण खरिद गर्न लागिएको हो।
प्रहरीलाई तत्काल आवश्यक नभएको सो उपकरण खरिदमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली आफैंले चासो दिएर चाँडै खरिद गर्न निर्देशन दिइसकेका छन्।
कोरोना कहरबीच प्रहरी जनशक्ति सुरक्षा उपकरणबिनै फिल्डमा खटिरहेको अवस्थामा ५ करोड खर्चेर उपकरण खरिद गर्न चिनियाँ कम्पनी हुवावेको नेपाल प्रतिनिधि हनी इन्टरप्राइजेज र मोबिलिटी प्रालिलाई छनोट गरिएको छ। सो उपकरणले प्रधानमन्त्रीको सवारीका बेला सर्भिलेन्स गर्नेछ।
प्रधानमन्त्रीमाथि आक्रमण भए वा अन्य विपत्ति आइलागे सुरक्षा निकायलाई तुरुन्तै भिडियो रिपोर्ट दिने भएकाले प्रधानमन्त्रीका आइटी विज्ञको सल्लाहमा उपकरण खरिद अन्तिम चरणमा पु¥याइएको हो। त्यसका लागि नेपाल प्रहरीको सूचना तथा प्रविधि निर्देशनालयले फागुन १९ मा बोलपत्र आह्वान गरेको थियो। नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया