अमेरिकामा यस्तो छ कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार ३ सय ७३ पुगेको छ । बितेको २४ घण्टामा १० हजार ३ सय संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख ६६ हजार ९ सय ५७ पुगेको छ । हालसम्म ९ लाख ८४ हजार २ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ७२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय २६ जनाले ज्यान गुमाएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ७१ हजार ८ सय ४९ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ९१ लाख १३ हजार ८२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ४८ लाख ८४ हजार ३ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ८ सय ३७ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?