गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना पुष्टि, कुन–कुन जिल्लामा थपिए ?

काठमाडौं । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँ, स्याङ्जा, बागलुङ, गोरखा, लमजुङ, पर्वत, नवलपुर र कास्कीमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको कूल संख्या ५९३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?