काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र महान्यायधिवक्ता अग्नि प्रसाद खरेलबीच भेटघाट भएको छ ।
आइतवार दिउँसो भएको भेटघाटका क्रममा नेपाल र भारतबीचको सदियौँदेखिको सम्बन्ध तथा नेपाल भारतबीच सम्पन्न भएका र सम्पन्न हुन बाँकी आयोजनाहरुको बारेमा छलफल भएको थियो ।
छलफलका क्रममा महान्यधिकक्ता खरेलले नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको र संविधान अनुसार संरचनाहरु बन्ने बताएका छन् ।
छलफलका क्रममा महान्यायधिकक्ता एव सरकारी वकिलहरुको गत वर्ष भएको भारत भ्रमणका विषयमा समेत समिक्षा गरेका थिए ।
राजदूत क्वात्राले नेपाली सरकारी वकिलहरुको लागि आवश्यक तालिम, अध्ययन भ्रमण तथा उच्च शिक्षाका बारेमा अभिलम्ब कार्यक्रम आयोजना गरी अवसर उपलब्ध गराउँने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।
भेटघाटका क्रममा नायब महान्यायधिवक्ता पद्यप्रसाद पाण्डे, सहमहान्यायधिवक्ता लोकराज पराजुली तथा खेमराज ज्ञवाली र अन्य कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया