७ दिनभित्र स्पष्टीकरण दिन सरिता गिरीलाई समाजवादी पार्टीको निर्देशन

काठमाडौं । समाजवादी पार्टीको पदाधिकारी बैठकले आफ्ना पार्टीका सांसद सरिता गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

नयाँ नक्सा जारी गरेको आधारमा देशको निशान छाप परिमार्जन गर्न बनेको संविधान संशोधन विधेयकप्रति असहमति जनाएकी सांसद गिरीलाई सात दिनभित्र स्पष्टीकरण दिन पार्टीले निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?