कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था, कहाँ कस्तो ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ७१ हजार २५७ जनाको मृत्यु भईसकेको छ भने ९० लाख ७९ हजार १०४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४८ लाख ६१ हजार ८३४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ७०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २२ हजार २५९ जनाको मृत्यु भईसकेको छ भने २३ लाख ५७ हजार ३१२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९ लाख ८० हजार ३६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ४७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १२ जनाको मृत्यु भएको छ भने ६५५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १० लाख ८६ हजार ९९० जनालाई संक्रमण भएको छ भने ५० हजार ६५९ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ५ लाख ७९ हजार २२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार २०६ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ९२ हजार २८० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ४४ हजार ४१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ हजार ६०० जना नयाँ संक्रमित थपिएका छन् भने ९५ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३२३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९३ हजार ३५२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४२ हजार ६३२ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४ हजार ३३१ जनालाई संक्रमण भएको छ । त्यहाँ ३७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३८ हजार ४९९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८२ हजार ८९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ६४० जनाको मृत्यु भईसकेको छ भने १ लाख ६० हजार ३७७ जनालाई संक्रमण भएको छ । त्यहाँ ७४ हजार ३७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९६२ जनाको मृत्यु भएको छ भने १ लाख ९१ हजार ६८९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७४ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १३ हजार ७०३ जनाको मृत्यु भईसकेको छ भने ४ लाख २६ हजार ९१० जनालाई संक्रमण भएको छ ।

भारतमा २ लाख ३७ हजार २५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ९५० जनाको मृत्यु भईसकेको छ भने १ लाख ८७ हजार ६८५ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ६० हजार २४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ४५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५४ हजार ९३६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४१ हजार ९६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ७४२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७ हजार ५२५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६६ हजार ४२७ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार ४३० जनाको मृत्यु भईसकेको छ भने १ लाख १ हजार ३३७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६३ हजार ८८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार २६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २१ हजार ८२५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८० हजार ५४५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४४ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ३४३ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख ३५ हजार २७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप १८ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ३९६ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४१३ जना स्वास्थ्योपचार पछि निको भएका छन भने १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ३ हजार ५९० जनाको मृत्यु भईसकेको छ भने १ लाख ८१ हजार ८८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७१ हजार ४५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन् भने ८९ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६९६ जनाको मृत्यु भईसकेको छ भने ६० हजार ५५० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ७७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ९० जनाको मृत्यु भएको छ भने ४९ हजार ६५८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ६५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्विडेनमा ५ हजार ५३ जनाको मृत्यु भईसकेको छ भने ५६ हजार ४३ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा १ हजार ६५३ जनाको कोरोनाको कारण ज्यान गएको छ भने ४० हजार ९ नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?