काठमाडौं । पाल्पामा बितेको २४ घण्टामा थप ९० जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोशालामा गरिएको परीक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टुेकुमा गरिएको परीक्षणका क्रममा १० जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणका क्रममा ८० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६५ जना पुरुष र १५ जना महिला रहेको प्रवक्ता गौतमले बताए ।
नेपालमा आज थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । हालसम्म २ हजार १ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र २३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया