कर्णाली राजमार्ग अवरुद्ध

मान्म । कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका–३ को गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

आइतवार राति परेको अविरल वर्षाका कारणले कर्णाली राजमार्गमा पहिरो गएको हो ।

पहिराका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र अहिले खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

सडकभन्दा माथिबाट पहिरो आएको र अहिले डोजर लगाएर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?