भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकद्वारा आत्महत्या

बझाङ – ३ दिन अघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टाइनमा बसेका एक जना युवकले आत्महत्या गरेका छन् ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा ३० वर्षीय एक युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।

पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ गएको छ ।

आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियो ।

यसअघि पनि एक पुरुष र एक महिलाले आत्महत्या गरेका थिए ।

पछि पिसिआर गर्दा उनीहरुको स्वाबमा कोरोना पोजेटिभ पाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?