कोरोना कहर : आईतवार अमेरिकामा मृत्यु हुनेको संख्या २४ मार्च यताकै थोरै

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख ७० हजार ७०३ जनाको मृत्यु भईसकेको छ भने ९० लाख ४६ हजार २०८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४८ लाख ३८ हजार ३४५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४ हजार ७३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख २२ हजार २४७ जनाको मृत्यु भईसकेको छ भने २३ लाख ५६ हजार ६५७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै त्यहाँ ९ लाख ८० हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ४७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३१ हजार २१५ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ११ हजार २६४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १२ हजार९९७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७२ हजार ७७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोनिर्यामा अहिलेसम्म ५ हजार ५१८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७८ हजार ५६७ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा आईतवार २६हजार ७९ जना संक्रमित थपिएका छन् भने २६७ जनाको मृत्यु भएको छ । यो संख्या मार्च २४ यताकै सबैभन्दा कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?