काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख ७० हजार ६६५ जनाको मृत्यु भईसकेको छ भने ९० लाख ४४ हजार ५८१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४८ लाख ३७ हजार ९५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४ हजार ७३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म १३ हजार ७०३ जनाको मृत्यु भईसकेको छ भने ४ लाख २६ हजार ९१० जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ३७ हजार २५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा आईतवार १५ हजार १८३ जना संक्रमित थपिएका छन् भने ४२६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया