कोरोना अपडेटः विश्वभर ८९ लाख ८४ हजार बढीमा फैलियो संक्रमण, कुन देशको अवस्था कस्तो ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ६८ हजार १ सय ४४ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ८९ लाख ८४ हजार ९ सय २३ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ४७ लाख ७६ हजार ६ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५४ हजार ८ सय ८६ जनाको अवस्था गम्भीर रहेको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार ७० पुगेको छ । बितेको २४ घण्टामा १२ हजार ६ सय २० संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख ४३ हजार १ सय ९८ पुगेको छ । हालसम्म ९ लाख ७४ हजार ७ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ५ सय २९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ५० हजार १ सय ८२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ३ हजार २ सय ३७ जनामा कोरोना संक्रमण देखिएको र १०९ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १० लाख ७३ हजार ३ सय ३७ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ५ लाख ४३ हजार १ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म ५ लाख ८४ हजार ६ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ७ हजार ७ सय २८ जनामा कोरोना संक्रमण देखिएको र १ सय ९ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ८ हजार १ सय ११ जनाको ज्यान गएको र संक्रमितमध्ये ३ लाख ३९ हजार ७ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा १० हजार ७ सय ९९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख २२ हजार ५ सय ६६ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १३ हजार ५ सय ३२ जनाको ज्यान गएको र २ लाख ३५ हजार ३ सय २८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण २ सय ३२ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार ६ सय ३२ पुगेको छ । बितेको २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ४ हजार ३ सय ३१ पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ४३ जनाले ज्यान गुमाएको र संक्रमितमध्ये ३ सय ७९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै स्पेनमा बितेको २४ घण्टामा ३ सय ३४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९३ हजार ३ सय ५२ पुगेको छ । हालसम्म २८ हजार ३ सय २३ जनाको कोरोनाको कारण ज्यान गएको र बितेको २४ घण्टामा मात्र १ जना मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार ८ सय ६१ पुगेको छ । हालसम्म २ लाख ५१ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ३८ हजार ७ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय ३४ पुगेको छ । बितेको २४ घण्टामा २ सय २४ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३८ हजार ४ सय ९९ पुगेको छ । हालसम्म १ लाख ८२ हजार ८ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये १ सय ४८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?