काठमाडौं । स्पेनमा बितेको २४ घण्टामा ३ सय ३४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९३ हजार ३ सय ५२ पुगेको छ । हालसम्म २८ हजार ३ सय २३ जनाको कोरोनाको कारण ज्यान गएको र बितेको २४ घण्टामा मात्र १ जना मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय ३४ पुगेको छ । बितेको २४ घण्टामा २ सय २४ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३८ हजार ४ सय ९९ पुगेको छ । हालसम्म १ लाख ८२ हजार ८ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये १ सय ४८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
रसियामा हालसम्म ५ लाख ८४ हजार ६ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ७ हजार ७ सय २८ जनामा कोरोना संक्रमण देखिएको र १ सय ९ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ८ हजार १ सय ११ जनाको ज्यान गएको र संक्रमितमध्ये ३ लाख ३९ हजार ७ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ६८ हजार १ सय ४४ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ८९ लाख ८४ हजार ९ सय २३ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ४७ लाख ७६ हजार ६ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५४ हजार ८ सय ८६ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया