काठमाडौं । भारतीय वायु सेनाका प्रमुख आरकेएस भदौरियाले आपतकालिन अवस्थाका लागि भारतीय वायुसेनाले रणनीतिक तयार गरेको बताएका छन् । चीन र भारतबीच विवाद चलिरहेका बेला उनले यस्तो अभिव्यक्ती दिएका हुन् । चीनले भारतको लद्दाखस्थित सीमा क्षेत्रमा असामान्य गतिविधि गरिरहेको उनले आरोप लगाएका छन् । चीनको वायुसेनाको क्षमता, उनीहरुको हवाई अड्डा, प्रशासनिक अड्डा र उनीहरुको संख्याका विषयमा भारतीय सेना अवगत रहेको उनले बताए ।
हैदरावादको डुन्डीगलमा एयर फोर्स एकेडेमीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै भदौरियाले चीनको एयर बेस र नियन्त्रण रेखामा तैनाथ उनीहरुको संख्याका विषयमा भारतीय वायुसेना जानकार रहेको बताए ।
भारत र चीनबीच युद्ध हुनसक्छ भन्ने प्रश्नको जवाफ दिदैं भदौरियाले भने , ‘हामी चीनसँग युद्धको स्थितीमा छैनौं । तर कुनै पनि आकस्मिक स्थितीको जवाफ दिनका लागि हामी पुरै तयार छौं । नियन्त्रणरेखाको अवस्थालाई शान्तिपूर्ण तरिकाले हल गर्नका लागि सबै प्रयास गरिएको छ ।
गलवान उपत्यकामा मारिएका भारतीय जवानहरुको बलिदानी खेर व्यर्थैमा जान नदिने पनि उनले बताए ।
भदौरियाकाअनुसार केही प्रमुख एयर बेसमा भारतले आफ्ना पोस्ट बिस्तार गरेको छ र आवश्यकताअनुसार वायुसेनाले उडान भर्नेछ ।
गलवान घाँटीमा १५ जुनमा चीन र भारतबीच ५ दशकयताकै सबैभन्दा ठूलो सैन्य टकराव निम्तिएको थियो । यस घटनामा भारतीय पक्षका २० जवान मारिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया