नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण

काठमाडौं । नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

हालसम्म ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकी १३ जना उपचाररत रहेका छन् ।

त्यस्तै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो समय गुल्मी छत्रकोट गाउँपालिका वडा नं ५ मा निधन भएका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका गौतमले बताए ।

प्यारालाइसिस उपचारको लागि भारत गएका उनी जेठ २५ गते नेपाल फर्किएका थिए । उनको असार ५ गते घरमै निधन भएको प्रवक्ता गौतमले बताए ।

कोरोना संक्रमणको आशंकामा सोही दिन नमुना संकलन गरि प्रदेश प्रयोगशाला भैरहवामा लगिएकोमा कोरोना पुष्टि भएको हो । उनको शव शनिवार नेपाली सेनको सहयोगमा अन्त्येष्टी गरिएको प्रवक्ता गौतमले बताए ।

नेपालमा आज थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ९ हजार २६ पुगेको छ । त्यस्तै हालसम्म १ हजार ७ सय ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?