चीन-भारत सीमा विवाद : सीमामा भारत र चीनका लडाकू विमानको गस्ती

काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा सोमवार राती भएको हिंसात्मक झडपमा दुबै पक्षका सेनाको मृत्यु भएपछि अहिले त्यहाँको अवस्था झनै तनावपूर्ण बन्दै गएको छ ।

उक्त झडपमा चीनका ४३ सैनिक तथा भारतका २० जना सैनिकले वीरगति प्राप्त गरेको भारतीय सञ्चारमाध्यमहरुसहित केहि अन्य सञ्चारमाध्यमहरुले पनि बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार चीनले विमानद्वारा सीमावर्ती क्षेत्रमा गस्ती गर्न शुरु गरेपछि भारतीय वायुसेनाले पनि विमानबाट सीमा क्षेत्रमा गस्ती गर्न शुरु गरेको बताएका छन् ।

भारत र चीनका यी एयरक्राफ्ट तैनाथ

अहिले लद्दाखमा चिनियाँ फाइटर जेट्सको गतिविधहरु बढ्दै गईरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनले जे १०, जे ११ जस्ता लडाकू विमान सीमामा तैनाथ गरेको छ भने भारतले वायुसेनाले फाइटर जेट मिग २९, सुखोई एसयू ३० एमकेआई र ट्यांक किलर अपाचे तैनथ गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?