भारतमा शनिवार थपिए आजसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ६६ हजार ७२८ जनाको मृत्यु भईसकेको छ भने ८९ लाख १५ हजार ८६४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४७ लाख ३८ हजार ६०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४ हजार ५०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १३ हजार २७७ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ११ हजार ७२७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ लाख २८ हजार १८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा शनिवार मात्रै १५ हजार ९१५ जना संक्रमित थपिएका छन् । जो भारतमा एकैदिनमा थपिने अहिलेसम्मकै धेरै संक्रमित हुन् ।

त्यस्तै शनिवार नै भारतमा कोरोना भाइरसका कारण३०७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?