आज सूर्यग्रहण, कुन राशिका मानिलाई कस्तो लाभ ?

काठमाडौं । आषाढ कृष्ण औँसीका दिन अर्थात आज लाग्ने सूर्यग्रहण बिहान १० बजेर ५० मिनेटबाट स्पर्ष गरि मध्यान्ह १२ बजेर ३८ मिनेटमा मध्य हुदै अपरान्ह ०२ बजेर २३ मिनेटमा मोक्ष हुनेछ । खण्डग्रास सूर्ग ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।

सूर्य ग्रहण नेपाल लगाएत कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट,यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिनेछ ।

वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भएपनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ ।

ग्रहणका बेला दान दक्षिण गर्दा विशेष फल मिल्ने धार्मिक विश्वास रहेको छ । नदी, तट वा गङ्गामा गई ग्रहणको स्नान गर्नाले शुद्ध हुने शास्त्रमा उल्लेख गरिएको छ ।

धर्मशास्त्र अनुसार सूर्यग्रहण मेष–श्रीप्राप्ति, वृष–क्षति, मिथुन–घात,कर्कट–व्यय, सिंह–लाभ, कन्या–सुखम् , तुला–माननाश, बृश्चिक–कष्टम् , धनु–स्त्रीपिडा,मकर–सौख्यम् ,कुम्भ–चिन्ता,मीन–व्यथा आदी फल मिल्नेछ ।

ग्रहण हेर्न मिल्ने राशिहरुले पनि सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ ।

ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गर्नुपर्दछ ।

शास्त्रीय मान्यता अनुसार आषाढ ०६ गते शनिबार राति १० बजेर ५० मिनेट देखि बालक,वृद्ध,रोगी तथा गर्भवती महिलाहरू बाहेक अरुलाई भोजन निषेध गरिएको छ ।

ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण निर्णयहरु आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ ।

यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन, यदि निस्कनै परेमा तुलसीपत्र, कुश,चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।

ग्रहणको समयमा तन्त्र मन्त्रको जप गर्ने,ध्यान गर्ने तथा आफ्नो जन्म कुण्डली अनुशार कुन दशा ग्रह चलेको छ त्यसको जप शान्ति गर्नाले हजारौ गुण फल मिल्ने शाश्त्रमा उल्लेख गरिएको छ । ग्रहणको समयमा बिभिन्न शाश्त्र जस्तै चारवेद, पुराण,गिता तथा उपनिशद जस्ता शास्त्रको अध्ययन तथा मनन गर्नु लाभदायक हुनेछ ।

हामी बस्ने ठाउँमा बिकिरण तथा नकारात्मक उर्जा तथा किरण घरभित्र प्रवेश गर्ने हुनाले खानेकुराहरु पकाएर खाने तथा राख्नु हुदैन ।

बाल बच्चा,बृद्ध तथा अशक्तहरुको लागि राख्नै परे घरको मुल गेटमा तथा खानेकुराको छेवैमा गाईको गोबर राख्नाले ग्रहणबाट आउने बिकिरण तथा नकारात्मक उर्जा रोक्दछ ।

जुन नक्षत्र र जुन राशिमा ग्रहण लाग्दछ त्यो नक्षत्र र राशि भएका व्यक्तिहरुलाई कष्ट हुने शाष्त्रमा उल्लेख गरिएकोछ । आषाढ ०७ गते मृगशिरा र आद्रा नक्षत्र र मिथुन राशिका व्याक्तिहरुले सजक हुनुपर्नेछ ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?