शनिवार नेपालमा ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ८,६०५ पुग्यो

काठमाडौं । नेपालमा आज (शनिवार) एकैपटक ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज पाइएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म २२ जनाको मृत्यु भईसकेको छ भने १ हजार ५७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

आज मात्रै नेपालमा थप १७६ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् ।
नेपालमा हिजो (शुक्रवार) ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?