काठमाडौं । चीन भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा भएको हिंस्रक झडपलाई लिएर भारतका वायुसेना प्रमुख एयर चीफ मार्शल आरकेएस, भदौरिया एकेडेमी फर कम्पाइन्ड ग्रेजुएशन परेडका लागि हैदराबाद पुगेका छन् ।
वायुसेनाका प्रमुख एयर चिफ मार्सलले पासिंग आउटका बेला वायुसेनाका जवानहरुलाई सम्बोधन गरेका छन् ।
उनले भने, ‘हामी कुनै पनि मूल्यमा आफ्नो संप्रभुताको रक्षा गर्नेर्छौं । हाम्रो क्षेत्रमा सुरक्षा परिदृश्यले यो बताईरहेको छ कि, हाम्रो सशस्त्र बल हरेक समयमा तैयार र तैनाथ छ । हामी लद्दाखको अवस्था सम्हाल्न तयार छौँ ।’
उनले थपे ‘हामी कुनै पनि आकस्मिकताको जवाफ दिनका लागि पुरा तयार छौँ,साथै हामीसँग उपर्युक्त सेना तैनाथ छन्, हामी गलवान घाटीमा शहिद भएकाहरुको बलिदान त्यत्तिकै खेर जान दिँदैनौँ ।’
उनले मिडिया ब्रिफिङका क्रममा भने, ‘हाम्रो चीनसँग युद्ध नचले पनि हामी त्यसको लागि तयार छौँ, हामीसँग आकस्मिक अवस्थाको लागि वायुसेना तैनाथ छ ।’
गत मंगलवार चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा भएको हिंसामा २० भारतीय सैनिक तथा ४३ चिनियाँ सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया