कोरोनाको प्रकोप : अमेरिकामा फेरी बढ्न थाले संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ६२ हजार ६८१ जनाको मृत्यु भईसकेको छ भने ८७ लाख ६५ हजार ३६७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४६ लाद २७ हजार ८३४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ७९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख २१ हजार ४०७ जनाको मृत्यु भईसकेको छ भने २२ लाख ९७ हजार १९० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९ लाख ५६ हजार ६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म कोरोनाको संक्रमणबाट ३१ हजार १५९ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ९ हजार ५९३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १ लाख ७१ हजार ४४२ जनालाई संक्रमण भएको छ भने १२ हजार ९६० जनाको मृत्यु भईसकेको छ ।

अमेरिकामा शुक्रवार ३३ हजार ५३९ जना संक्रमित थपिएका छन् भने ७१९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?