कोरोना कहर : भारतमा शुक्रवार अहिलेसम्मकै धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ६२ हजार ६८१ जनाको मृत्यु भईसकेको छ भने ८७ लाख ६५ हजार ३६७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४६ लाद २७ हजार ८३४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ७९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १२ हजार ९७० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९५ हजार ८१२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख १४ हजार २०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।

भारतमा शुक्रवार मात्रै १४ हजार ७२१ जना संक्रमित थपिएका छन् । जो एकैदिनमा थपिएको सबैभन्दा धेरै संक्रमितको संख्या हो । त्यस्तै शुक्रवार नै भारतमा ३६६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?