‘पीपीई किट’ लगाएर राज्यसभामा भोट हाल्न पुगे कोरोना संक्रमित

काठमाडौं । भारतमा आज ८ राज्यमा १९ सीटका लागि राज्यसभा चुनाव भईरहेको छ । मध्य प्रदेशमा पनि आज तीन सीटको लागि भोटिङ हुँदैछ ।

यसैबीच शुक्रवार दिउँसो १ बजे अनौठो दृश्य देखिएको छ । जहाँ भारतीय कांग्रेस पार्टीका विधेयक जो कोरोना संक्रमित छन्, उनी पीपीई किट लगाएर भोट हाल्न पुगेका छन् ।

उनी केहि दिन पहिला मात्र कोरोनाको परीक्षण गर्दा पोजेटिभ पाइएका थिए ।

भारतमा हालसम्म कोरोना भाइरसको महामारीका कारण १२ हजार ६०५ जनाको मृत्यु भएको छ भने ३ लाख ८१ हजार ४८५ जनालाई संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा १ जनाको मृत्यु भईसकेको छ भने ३९४ जनालाई संक्रमण भएको छ । त्यहाँ ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने २ लाख ५ हजार १८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?