काठमाडौं – भारत- चीन सीमाको गलवान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको खबर छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हिन्दुस्तान टाईम्स डटकमका अनुसार सोमबार सीमा विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए।
दुबै देशकाबीच उच्च तहमा तीन चरणमा भएको बार्ता र छलफलपछि उनीहरूलाई रिहा गरिएको हो। ती सैनिकहरूलाई बिहीबार अबेर रिहा गरिएको पनि सञ्चारमाध्मयले खबर लेखेका छन् ।
भारत सरकारले यसबारेमा कुनै प्रतिक्रिया नदिए पनि भारतीय सेनाले भने घटनामा कुनै पनि भारतीय सैनिक बेपत्ता नभएको बताएको छ।
सोमबार भएको झडपलाई ४५ वर्ष यताकै ठूलो हिस्रक घटना भनिएको छ ।
सीमा भएको झडपका क्रममा २० जना भारतीय सैनिकको मृत्यु भएको जनाईएको छ ।
चीनले पनि आफ्नोतर्फ पनि क्षति भएको बताएपनि के(कति संख्यामा आफ्नोतर्फ हताहती भयो भन्ने बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन।





(यस समाचारको बारेमा थप जानकारीको लागि दिईएको लिंब्याकमा क्लिक गरी पढ्नुहोस् । )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया