पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा देखियो कोरोना

काठमाडौं । पर्वत अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि इमर्जेन्सी बाहेकका सबै सेवाहरु बन्द रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?