कोरोना कहर : अमेरिकामा रोकिएन महामारी

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ५६ हजार २८६ जनाको मृत्यु भईसकेको छ भने ८५ लाख ७८ हजार २८३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४५ लाख ३० हजार २६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५६१ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख २० हजार ६८८ जनाको मृत्यु भईसकेको छ भने २२ लाख ६३ हजार ६५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९ लाख ३० हजार ९९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३१ हजार ९२ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ८ हजार ४२६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १ लाख ७१ हजार २९ जनालाई संक्रमण भएको छ भने १२ हजार ९२७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा बिहीवार मात्रै २७ हजार ९२४ जना संक्रमित थपिएका छन् भने ७४७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?