काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ४ लाख ५३ हजार ५ सय ७ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ८५ लाख १४ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४४ लाख ८८ हजार ७ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५४ हजार ६ सय ३६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरस (कोभिड १९ ) को असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना कारण ज्यान गुमाउनेको संख्या १ लाख २० हजार २ सय ३० पुगेको छ । बितेको २४ घण्टामा १२ हजार २ सय ५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २२ लाख ४६ हजार ७ सय ७६ पुगेको छ । हालसम्म ९ लाख २० हजार ४ सय २७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ८९ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४६ हजार ८ सय ४२ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको र १ सय ८२ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार हालसम्म ९ लाख ६५ हजार ५ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ३ हजार ५ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै रसियामा हालसम्म ५ लाख ६१ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ७ हजार ७ सय ९० जनामा कोरोना संक्रमण देखिएको र १ सय ८२ जनाले कोरोनाको कारण ज्यान गुमाएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म रसियामा कोरोनाको कारण ७ हजार ६ सय ६० जनाको ज्यान गएको र ३ लाख १३ हजार ९ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ५ सय १ पुगेको छ । बितेको २४ घण्टामा ९ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार १ सय १२ पुगेको छ । हालसम्म २ लाख ३ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण २ सय ३९ जनाको ज्यान गएको छ ।
बेलायतमा बितेको २४ घण्टामा मात्र १ हजार २ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार २ सय ८८ पुगेको र बितेको २४ घण्टामा मात्र १ सय ३५ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म बेलायतमा ३ लाख ४ सय ६९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ३ सय ७९ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ३६ पुगेको छ । यो समाचार तयार पार्दासम्म स्पेनमा २ लाख ९२ हजार ३ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ५ सय १४ पुगेको छ । बितेको २४ घण्टामा ३ सय ३१ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३८ हजार १ सय ५९ पुगेको छ । हालसम्म १ लाख ८० हजार ५ सय ४४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमित मध्ये १ सय ६८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार २ सय ५६ पुगेको छ । हालसम्म १ लाख २८ हजार ६ सय २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा २ लाख ४० हजार ९ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये १ हजार १ सय ११ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इरानमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ७२ पुगेको छ । बितेको २४ घण्टामा २ हजार ५ सय ९६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार ६ सय ४७ पुगेको छ । हालसम्म १ लाख ५६ हजार ९ सय ९१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया