दैलेखमा कोरोना जितेर घर फर्किनेको संख्या ३३४ पुग्यो

दैलेख । कोरोना संक्रमणको उच्चजोखिम मानिए पनि जिल्ला स्वास्थ्य कार्यालय दैलेखको तथ्याङ्कले भने कोरोना जितेर घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन थीरप्रसाद रेग्मीले बुधबार ३३३ र र आज बिहीबार एक जना कोरोन जितेर घर फर्केको जानकारी दिए ।

क्वारेन्टाइन र आइसोलेसनमा २५ दिन पुगेका र दुई पटकसम्म पीसीआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि जिल्ला सुरक्षा परिषद्ले निर्णय गरेर घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

दैलेखमा कोरोना संक्रमित ७२१ पुगेका छन् । करीब एक हजारको रिपोर्ट आउन अझै बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?