बझाङ । सुर्मा गाउँपालिका- २ गजौन बस्ने ३२ वर्षीय लोक बहादुर बोहरा र सोही ठाउँ बस्ने २१ वर्षीय निर्मला विसीलाई विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट लोड अवस्थामा रहेको एकनाले भरुवा वन्दुक १ थान, सोही बन्दुकको छर्रा २ सय ९३ थान, बारुदको डिब्बा ४ वटा, खुकुरी १ थान, हसिया १ थान, चक्कु १ थान, हतियार धारिलो बनाउने ढुङगा १ थान, टर्च १ थान, मोबाइल १ थान र फलामको किला १ थान प्रहरीले बरामद गरेको छ।
प्रहरीका अनुसार दुवै जना उपर भएको बहु बिवाह मुद्दामा संलग्न रही वारदात मितिदेखि नै फरार रहेका थिए ।
उनीहरुको खोजी गर्ने क्रममा विशेष सूचनाको आधारमा प्रहरी चौकी दौलीचौरबाट खटिएको प्रहरीले सुर्मा गाउँपालिका-२ स्थित ओढारमा लुकीछुपी बसेको अवस्थामा दुवैजनालाई उक्त हातहातियार सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई प्रक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया