काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कोरोना रोकथामको शुरुदेखी नै तयारी गरेको कारण कोरोना संक्रमण कम भएको बताएका छन् । बिहीवार राष्ट्रिय सभामा बोल्दै उनले तुलनात्मक रुपमा अरु देशले भन्दा नेपालले शुरु देखि नै राम्रो तयारी गरेका कारण कोरोना संक्रमण कम भएको जिकिर गरे ।
भारतबाट धेरै नेपाली आउन थालेपछि नै नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको उनले बताए । भारतबाट आउने नागरिकहरुको लागि राम्रो प्रवन्ध गरिएको र तीव्रताका साथ परीक्षणको काम भइरहेको पनि प्रधानमन्त्री ओलीले बताए ।
उनले भने, “अहिलेपनि डेढ लाख भन्दा बढी मानिसहरु क्वारेन्टाइनमा रहेका छन्, तीव्रताका साथ स्वाबहरु टेस्ट भइराखेका छन् ।” सरकारले गर्न खोजेपनि विभिन्न उपकरणको अभावका कारण समस्या परेको पनि उनले बताए ।
कोरोना रोकथामका लागि नेपालले अन्य मुलुकले भन्दा पनि राम्रो भन्दै गर्दा देशमा संक्रमणको दर भने ह्वात्तै बढ्दै गएको छ । क्वारेन्टाइनमा बसेको धेरै मानिसहरुको आरडिटी परीक्षणमा मात्र घर फर्काइदा पुनः कोरोना संक्रमण देखिएका सयौं घटना बाहिरीरहँदा प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई कतिपयले हास्यास्पद रुपमा लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया