हिमालपारि पुग्यो कोरोना

मनाङ । हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना देखिएको छ ।

कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए । उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको र उनको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बन्द्री आचार्यले जानकारी दिए। जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?