काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ४८ हजार १ सय ४५ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ८३ लाख ३१ हजार १ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४३ लाख ५९ हजार ३ सय ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५४ हजार ५ सय ४५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरस (कोभिड १९ ) को असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना कारण ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ४ सय ५८ पुगेको छ । बितेको २४ घण्टामा ११ हजार ७ सय ९५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २२ लाख २० हजार १ सय ९५ पुगेको छ । हालसम्म ९ लाख ४ हजार १ सय ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ६ सय ८१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय २६ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ५ सय ८५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको र १ सय २९ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार हालसम्म ९ लाख ३४ हजार ७ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख ७७ हजार ३ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै रसियामा हालसम्म ५ लाख ५३ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ७ हजार ८ सय ४३ जनामा कोरोना संक्रमण देखिएको र १ सय ९४ जनाले कोरोनाको कारण ज्यान गुमाएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म रसियामा कोरोनाको कारण ७ हजार ४ सय ७८ जनाको ज्यान गएको र ३ लाख ४ हजार ३ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ६५ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ६० हजार ७ सय ९५ पुगेको छ । हालसम्म १ लाख ९१ हजार ६ सय ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण १ सय ४४ जनाको ज्यान गएको छ ।
बेलायतमा बितेको २४ घण्टामा मात्र १ हजार १ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार १ सय ५३ जनाको ज्यान गएको र बितेको २४ घण्टामा मात्र १ सय ८४ मृतका थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म बेलायतमा २ लाख ९९ हजार २ सय ५१ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ३ सय ७९ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ३६ पुगेको छ । यो समाचार तयार पार्दासम्म स्पेनमा २ लाख ९१ हजार ४ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ४ सय ४८ पुगेको छ । बितेको २४ घण्टामा ३ सय २८ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३७ हजार ८ सय २८ पुगेको छ । हालसम्म १ लाख ७९ हजार ४ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमित मध्ये १ सय ६३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार ५६ जनाको ज्यान गएको छ । हालसम्म १ लाख २५ हजार २ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा २ लाख ३७ हजार १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये १ हजार १ सय २१ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया