यो ‘भ्याक्सीन’को प्रयोगबाट निको भए ३५ प्रतिशत कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको कहर सारा विश्वमा लगातार जारी छ । यस महामारीले सारा विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको छ ।

दिन प्रतिदिन कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या र संत्रतिको संख्या तीव्र गतिले बढीरहेको छ ।

यसको सबैभन्दा ठूलो कारण भनेको कोरोना भाइरसविरुद्धको भ्याक्सीन नबन्नु नै रहेको छ । शोधकर्ता तथा वैज्ञानिकहरुले यसविरुद्धको औषधि बनाउन अहोरात्र खटिरहेका छन् र यास विषयमा रिसर्च गरिरहेका छन् ।

हरेक दिन जसो नै वैज्ञानिकहरुले कोरोनाको बारेमा नयाँ खोज गरिरहेका छन् । यसैबीच इंग्ल्याण्डका शोधकर्ताहरुले डेक्सामेथासोन नामक स्टेराइडको प्रयोगबाट कोरोना भाइरसका संक्रमित व्यक्तिलाई बचाउन सक्ने दाबी गरेका छन् ।

मूल्य कम

यो औषधि कोरोना भाइरसका लागि महत्वपूर्ण साबित हुन सक्छ । उक्त औषधिलाई लिएर भनिएको छ कि, कोरोना संक्रमितहरुलाई मृत्युहुनबाट बचाउन सकिन्छ ।

यो औषधिले कुल मृतकमा एक तिहाई घटाउन सक्ने बताइएको छ । यसको मूल्य पनि एकदमै सस्तो रहेको बताइएको छ ।

यो औषधि धेरै पुरानो रहेको छ । जो सहजै बजारमा पाउन पनि सकिन्छ । डेक्सामेथासोन सन् १९६० को दशकमा बनाएर प्रयोग भएको औषधि हो ।

२,१०४ संक्रमितलाई दिइयो औषधि

वैज्ञानिकले बताएका छन् कि, अब छिट्टै यो औषधिमा रिसर्च हुनेछ । वैज्ञानिकहरुले यसको नतिजाको बारेमा मंगलवार भनेका छन् कि, हामी अब यसको बारेमा चाँडै अध्ययन प्रकाशित गर्नेर्छौं ।

रिसर्चका अनुसार यस औषधि २१०४ संक्रमितलाई परीक्षण गरिएको छ । र उनीहरुको तुलना साधारण तरिकाबाट उपचार गरिएको ४ हजार ३२१ संक्रमितसँग गरिएको छ । साथै साधारण तरिकाबाट उनीहरुको हेरचाह गरिएको छ ।

३५ प्रतिशतले घट्यो मृत्युदर

रिसर्चमा भनिएको छ कि, यो औषधिको प्रयोगबाट भेन्टिलेटरमा उपचार गराईरहेका मानिसहरुमध्ये ३५ प्रतिशत मृत्युदरमा कम आएको छ ।

अक्सिजन दिइरहिएका संक्रमितहरुमा पनि औषधिको प्रयोगपछि २० प्रतिशत कमी आएको छ ।

शोधकर्ता पीटर होर्बीको बयान

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता पीटर होर्बीले एक बयान जारी गर्दै भनेका छन् कि, यो धेरै उत्साहजनक छ, मृत्यु दर कम गरिरहेको यो औषधिले अक्सिजन दिएर राखेका संक्रमितहरुलाई पनि निको पारेको छ, त्यसैले कोरोना संक्रमितमा डेक्सामेथासोनको प्रयोग हुनु राम्रो छ ।

डेक्सामेथासोन औषधि महङ्गो पनि नभएको र संसारमा रहेका संक्रमितहरुको ज्यान बचाउन यसको प्रयोग गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?