मानिसमा कोरोना भाइरसविरुद्धको नयाँ टिकाको परीक्षण शुरु

काठमाडौं । इम्पीरिल कलेज लण्डनका वैज्ञानिकद्वारा विकसित कोरोना भाइरसको एक टिका यस हप्ताबाट वैज्ञानिकहरुले मानिसमा क्लिनिकल ट्रायल शुरु गरेका छन् । पहिलो पटक टिकाको परीक्षण मानिसमा गर्न लागिएको हो ।

जसबाट यो औषधिले कोरोनाविरुद्धको भ्याक्सीनको रुपमा काम गर्छ वा गर्दैन भन्ने कुरा पत्ता लाग्नेछ ।

इम्पीरियल कलेजमा संक्रामक रोग विभागका प्रोफेसर रोबिन शटोकले कोरोना भाइरसको महामारीले हजारौँ मानिसको ज्यान लिएको बताउँदै दीर्घकालीन रुपमा यो भ्याक्सीन कोरोनाका संक्रमितहरुलाई निको बनाउन महत्वपूर्ण साबित हुन सक्ने बताए ।

उक्त भ्याक्सीनबाट आफूले कोरोनाबाट संक्रमित बिरामीहरुलाई निको पार्ने आशा राखेको बताएका छन् ।

उनले भने, ‘वैज्ञानिकको दृष्टिकोणमा टेक्निकको माध्यमले अभूतपूर्व गतिबाट प्रभावशाली टिका अघि बढाउन सकिने र टिका विकसित गर्नको लागि केहि महिना लाग्न सक्नेछ।’

जीवहरुमा परीक्षण सफल भएपछि मात्र मानिसमा परीक्षण गर्न मिल्ने पनि उनले बताएका छन् ।

उनले भने, ‘यदि हाम्रो प्रयाश सफल भयो र टिका महामारी विरुद्ध प्रभावी भयो भने भविष्यमा महामारीसँग लड्न क्रान्तिकारी साबित हुन सक्दछ ।’

अनुसन्धानकर्ताहरुले यो टिका प्रभावी साबित भए सन् २०२१ को ६ महिना भित्रमा सबैतिर उपलब्ध हुन सक्ने बताएका छन् ।

उनीहरुले यस टिकाको परीक्षण पहिला पनि केह पटक भईसकेको र यो पटकमा ३०० जना स्वस्थ मानिसमा यसको प्रयोग गरिने बताएका छन् । साथै टिका सुरक्षित साबित भयो भने संक्रमितमा प्रयोग गर्न थालिनेछ ।

साथै यो वर्षको अन्तिममा उक्त टिका ठूलो संख्यामा तेश्रो चरणको परीक्षण गरिने बताइएको छ । तेश्रो चरणको परीक्षणमा ६ हजार स्वास्थ प्रतिभागीहरुलाई सहभागी गराइनेछ ।

वैज्ञानिकहरुले आशा गरेका छन् कि, यदि यो क्लिनिकल ट्रायल सफल भएमा बेलायतको साथै सारा विश्वमा रहेको कोरोना संक्रमितलाई सुरक्षा प्रदान गर्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?