मोटरसाइकल र जिप ठोक्किँदा १ जनाको मृत्यु

घोडाघोडी । कैलालीमा मोटरसाइकल र जीप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–६ लालपुरमा वा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइल ठोक्किँदा मोटरसाइकलमा सवार हाल गोदावरी नगरपालिकाका –६ मा बस्दै आउनुभएका जोशीपुर गाउँपालिका –२ का गम्भीर कोटकेनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

दुर्घटनापछि जीप चालक फरार भएका छन् । जीप इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?